Rule 52
किरिया बिदा
(१) कुनै कर्मचारीले कूल धर्म अनुसार आफै किरिया बस्नु परेमा पन्ध्र
दिन किरिया बिदा पाउनेछ । महिला कर्मचारीको पतिले किरिया बस्नु परेमा निजलाई
पनि त्यत्तिनै दिन किरिया बिदा दिइनेछ ।
(२) यस नियमावलीमा जुनसुकै कुरा लेखिएको भए तापनि आफ्नो घरमा गई
किरिया बिदा बस्ने कर्मचारीलाई घर जाँदा र आउँदा नियम ४९ को उपनियम (९)
बमोजिमको थप बाटोको म्याद दिईनेछ ।
(३) किरिया बिदामा बस्दा कर्मचारीले पूरा तलब पाउनेछ ।